काठमाण्डौ,५ असार । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । नेपालका लागि ललितनारायण राजवंशीले छैटौँ विकेट लिएका हुन् ।
जिम्बाब्बेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २७।४ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ । ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गराए ।
यसअघि करण केसीले चार र दीपेनद्रसिंह ऐरीले एक विकेट लिएका थिए । करणले टेभन टायलोरलाई चार, आरोन जोन्सलाई दुई, नोसथस केन्जिगेलाई एक र साइतेजा मुक्कामल्ललाई शून्यमा आउट गराए । त्यस्तै, दीपेन्द्रले गजानन्द सिंहलाई २६ रनमा आउट गराए ।
नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ । नेपालविरुद्ध अमेरिका भने दबाबमा खेलिरहेको छ ।
20 June 2023 15:29 PM










प्रतिक्रिया दिनुहोस्