एजेन्सी, ६ असार । पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी जारी भएको छ ।
पाकिस्तानी मौसम विभागले पञ्जाब, इस्लामावाद, खैबर पख्तुनख्वा, गिलगत बाल्तिस्तान लगायतका प्रान्तहरुमा ‘लू’ चल्ने चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।
ती क्षेत्रहरुमा अहिले नै अधिकतम तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगिसकेको र धेरै गर्मी हुने ठाउँमा केही दिनमै ५० डिग्री सेल्सियस पुग्न सक्ने विभागले जनाएको छ ।
आउँदो पाँच दिनसम्म अत्याधिक गर्मी हुने भन्दै पाकिस्तानी सरकारले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । यही हप्ता भारतको उत्तर प्रदेश र बिहारमा गर्मीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
उत्तर प्रदेशको बलियाको एक जिल्ला अस्पतालमा तीन दिनमै गर्मीबाट बिरामी परेको कम्तीमा चार सय जना भर्ना भएका बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्