समाचार

ललितपुरकाे बाग्मती गाउँपालिका पूर्ण खाेप सुनिश्चित घाेषणा



ललितपुर, ७ असार । ललितपुरको बाग्मती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुनप्रसाद सापकोटाले प्रदान गरे । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप लगाएका बालबालिका शून्य रहेको र आंशिक खोप लगाएका बालबालिका सात जना भेटिएकामा उनीहरूलाई पनि खाेप लगाएकाे स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले जानकारी दिए ।