समाचार

सातजना जुवाडे पक्राउ



काठमाडौँ, १८ असार । तेह्रथुममा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आठराई गाउँपालिका–१, संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत सातजनालाई सोमबार बिहान पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई दुई लाख ९३ हजार ५०६ नेपाली रूपैयाँ र आठ हजार ३४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।