समाचार

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य



काठमाडौँ, १९ असार । नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा आयरल्यान्डललाई २६९ रनको लक्ष्य दिएको छ ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६८ रनको योगफल खडा गर्‍यो ।