दाङ, २० असार । दाङको बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय हापुरेका अनुसार बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटाको मृत्यु भएको हो ।
बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्