समाचार

घुससहित प्रहरीका सई पक्राउ



महाेत्तरी, २१ असार । जिल्ला प्रहरी कार्यालय महाेत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै बुधवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।