राजनीति

मीनबहादुरसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ‘हेर्न नमिल्ने’



काठमाडौँ, २१ असार । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुन सकेन ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएकोमा न्यायाधीश रेग्मी कुनैबेला रिट निवेदकमध्येका एक मिनबहादुरको कानुन व्यवसायी रहेका कारण उनी इजलासमा रहेर उक्त रिट निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो ।