काठमाडौँ, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ ।
नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेको दावी छ । नेकपा एमालेका नेता समेत रहेका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
भण्डारीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिकरूपमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको जिकिरसहित रिट निवेदनसहित सर्वोच्च अदालत पुगेको बताए ।










प्रतिक्रिया दिनुहोस्