काठमाण्डौ २२ असार । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण माग्ने भएको छ । भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक भारत गएको भनि दिएको अभिव्यक्तिलाई लिएर रास्वपाले प्रधानमन्त्री प्रचण्डसँग स्पष्टीकरण माग्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा नै मागिरहेको बेला रास्वपाले भने सदनलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेको छ । ‘सदन अवरुद्ध होइन, प्रधानमन्त्रीले स्पष्टीकरण दिएर सदनको काम कारबाही अगाडि बढाउनुपर्छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । संविधानलाई अवमूल्यन गरिएको छ । संसदीय व्यवस्था, सार्वभौमिकता, सांसद र सदनलाई चुनौती खडा गरिएको छ । प्रधानमन्त्रीले गल्ती महसुस गर्नुपर्छ,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।
07 July 2023 14:24 PM










प्रतिक्रिया दिनुहोस्