काठमाडौँ, १ साउन । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे शीर्ष नेताकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो । बैठकमा पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुनेछ ।
एजेन्डा
१) केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
२) पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
३) नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
४) सांगठानिक कार्ययोजनाबारे
५) विभाग गठन
६) राष्ट्रव्यापी अभियानको घोषणाबारे
७) केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
८) संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)
९) सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)
१०) समसामयिक










प्रतिक्रिया दिनुहोस्