धनगढी, ८ साउन । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।प्रहरीका अनुसार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो ।
विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।










प्रतिक्रिया दिनुहोस्