राजनीति

अधिवक्ता भगवती पाण्डे पक्राउ



काठमाडौँ, १७ साउन । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार बिहान उनलाई पक्राउ गरेको हो । उनको बयान भइरहेको प्रहरीले जनाएको छ। 

उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । 

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।