काठमाडौँ, २० साउन । महिला हिंसा नियन्त्रण, रोकथाम, जनचेतना अभिबृद्धि, लैंगिक समानताको स्थापना गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी राष्ट्रिय महिला आयोगको हो । महिलाको हक हितको संरक्षण र संबद्र्धन गर्नु आयोगको अर्को महत्वपूर्ण कार्य हो । तर आयोगको सदस्य विद्याकुमारी सिन्हाले भने एक पछि अर्को गर्दै त्यसको ठीक विपरित गतिविधि गरेको पाइएको छ । त्यती मात्र हैन, उनले शक्तिको चरम दुरुपयोग गरेको तथ्यहरु बाहिरिएको छ । उनले शक्तिको दुरुपयोग गरी गरिव ‘मोची’देखी प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध उजुरी दिएको पाइएको छ ।
आयोगको सदस्य सिन्हाले केही समय अघि काठमाडौँको बानेश्वर स्थित आफु बसेको घरमा नै बस्ने जुत्ता सिलाएर दैनिक गुजारा चलाउने एक मजदुर ‘मोची’लाई खानेपानी थापेको निहुँमा प्रहरीमा उजुरी गरी १० घण्टा हिरासतमा राखिएको घटना बाहिरिएको छ । सिन्हाले आफै जातीय विभेद तथा गरिव भएकै कारण ‘मोची’लाई दुव्र्यवहार गरी उल्टै ‘मोची’ले आफुमाथि महिला हिंसा गरेको भनि झुटा दावी गर्दै प्रहरीमा उजुरी दिइ दुःख दिएको पाइएको छ ।
जुत्ता सिलाएर आफ्नो दैनिकी गुजारा गर्ने ‘मोची’लाई शक्तिकै भरमा प्रहरीमा उजुरी गरी सिन्हाले चरम दुःख दिएको पाइएको छ । ‘खानेपानी आएको थियो, थाप्नलाई मोचीले आफ्नो भाँडा पहिले लाईनमा राख्नुभएको थियो । पछि आएर विद्या सिन्हाले मोचीलाई जातीय विभेद हुने गरी व्यवहार देखाउनुभयो, अपशब्द प्रयोग गर्नुपनि भयो । फेरी उहाँले नै मोचीको विरुद्ध प्रहरीमा उजुरी दिनुभएछ । शक्तिमा भएकै कारण गरिवले अनावश्यक दुःख पाउनु हुँदैन । तर मोचीले अनावश्यक दुःख पाउनुभयो । ठूलालाई चैन, सानालाई मात्र ऐन हुनु हुँदैन भन्ने आम जनताको बुझाई हो’, नाम उल्लेख नगर्ने शर्तमा प्रत्यक्षदर्शी एक व्यक्तिले बताए । उक्त उजुरीमा प्रहरीको मिलापत्र गरेर पठाएको बताइएको छ । पीडित मोचेले उनीविरुद्ध मानहानीको मुद्धा लगाउने तयारी गरेको पनि शक्तिको दुरुपयोग गर्दै धम्की दिएर उजुरी गर्न नदिएको पाइएको छ ।
सिन्हाले स्थानीय चुनावमा सरकारी गाडी लिएर दुरुपयोग गरेकी थिइन् । विगतमा प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंहले आफ्नो घरमा बम हानिदिएको भनि झुटो उजुरीसमेत उनले गृहमन्त्रालय तथा मानव अधिकार आयोगमा दिएकी थिइन । प्रहरी तथा मानवअधिकार आयोगले उक्त उजुरी उपरमा छानविन तथा अनुसन्धान गर्दा बम हानेको कुनै तथ्य प्रमाण नभएको उल्लेख गरेको थियो । आफ्नो घरमा अमरेश सिंहले बम हान्यो भनि चर्चाको लागि मात्र आयुक्त सिन्हाले उजुरी गरेको मानव अधिकार तथा प्रहरीबाट बुझिएको छ । सांंसद सिंहको विजयी जुलुशमा पटका पड्काएको आवाजलाई बम भनि उजुरी गरिएको प्रहरी तथा मानव अधिकारको अनुसन्धानबाट खुलेको छ । आयुक्त सिन्हाले आफुलाई हाइलाइट र म ठूलो मान्छे हुँ भन्नलाई उक्त झुटो प्रचार गरेको स्थानीयवासीको भनाइ रहेको छ ।
सिन्हाले आफुलाई मन परेन भने प्रतिशोध लिनकै लागि पनि उजुरी दिने तथा आफ्नो मान्छेलाई भने जस्तोसुकै अपराधी भएपनि उन्मुक्ति दिने गरेकी छिन् । रौतहटमा प्रभा सिंहले सञ्चालन गरेको नेपाल भारतमैत्री आश्रममा १३ वर्षे वालिकालाई नरप्लान्ट प्रयोग गरी यौन व्यवसायमा लगाइएको तथ्यसँग पनि सिन्हाको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संरक्षण गरेको विभिन्न प्रतिवेदन तथा आश्रम सञ्चालन गरेको घरवेटीले दावी गरेका छन् । राज्यको सेवा सुविधा लिएर शक्तिको दुरुपयोग गर्दै हालसम्म प्रभा सिंहलाई उनले जोगाएकी छिन् । गृहमन्त्रालयमा अनुसन्धान प्रतिवेदन पुगे पनि उनको दवावमा कारवाहीको प्रकृया अगाडी बढाउन दिइएको छैन ।
आफ्नो स्वार्थको लागि उनले पीडितलाई उजुरीमा हस्तक्षेप गरी पीडकको पक्षमा रहेर दवाव दिने गरेको स्रोतले जानकारी दिएको छ । उनले महिला हिंसाको घटनामा मात्र नभई तराईका विभिन्न स्थानहरुमा गरिव र आपतविपदमा परेकालाई जग्गा दृष्टिबन्धकमा राखेको मिटरव्याजीका कार्यहरु समेत गरेको पाइएको छ । पद र ओहदाको दुरुपयोग गर्दै उनको श्रीमान्ले समेत धम्की दिने गरेको मिटरव्याज तथा हिंसा पीडितले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्