Banner News

जनतासंग माओवादी अभियान घोषणा गर्दै केन्द्रीय कमिटीको बैठक सम्पन्न



काठमाण्डौ२१ साउन । नेकपा माओवादी केन्द्रले आउँदो भदौ १६ गतेदेखि जनतासँग ुमाओवादी विशेष रुपान्तरण अभियानु चलाउने भएको छ

काठमाडौंको आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विशेष अभियानबारे जानकारी घोषणा गरेका हुन्।
उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।

‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन, तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ किन नहोस्, प्रत्येक घरमा जानुस्, गएकै हुुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ।’