काठमाडौ २२ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।
सोमबार सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।
एमालेकी सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले सरकारले छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताउनुभयो।
राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले एमालेलाई अवरोध हटाएर अघि बढ्न पटक पटक आग्रह गर्दा पनि सांसदहरूले अडान नछोडेपछि साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको हो । साथै, अध्यक्ष तिमल्सिनाले समस्याको निकास निकाल्न सदनको रोष्ट्रमबाट शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराउनुभयो।










प्रतिक्रिया दिनुहोस्