राजनीति

एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा



पोखरा, २३ साउन । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ ।

सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए । त्यसै गरि बैठकले जनवर्गीय संगठनका अधिबेशन सम्पन्न गर्ने, सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए ।

बैठक एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए । कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भावि रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका रिपोर्टिङ सहित समिक्षा गर्दै बैठक अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।