काठमाडौँ, २३ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमण गर्ने भएका छन् ।
उपराष्ट्रपति यादव सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना कुनमिङ इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन चीन जान लागेका हुन् ।
एक्स्पो साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको कुनमिङमा आयोजना हुनेछ । एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्