राजनीति

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान 



काठमाडौँ, २३ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।