राजनीति

प्रधानमन्त्री दाहालद्वारा विपद् व्यवस्थापनको पूर्वतयारी गर्न निर्देशन



काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले उद्दार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हु्न् ।