काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि छलफलका माग गरेको भन्दै उच्चस्तरीय समिति बनाउन राष्ट्रिय सहमति भएको जिकिर गरे ।“गृहमन्त्रीजीसँग बयान कसले लिन्छ ? सीआईबीले लिन्छ ? राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि प्रश्न छ । तमाम विषयको छानबिन गराउनुपर्छ,” उनले भने । उनले संसदीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने निर्णयका लागि ‘भोटिङ’ गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेसित आग्रह गरे ।
“सिंगो सदन एकमत छ । यसमा छानबिन समिति बनाउन कोही सहमत छौँ, कोही छैनौँ भने ह्वीप नलागौँ । सभामुख भोटिङ गराउनुुस् । यदि, छानबिन सहमति बनाउन सहमत छैनौँ भने एमालेले संसद् अवरोध त्यही दिन स्थगित हुन्छ,” भट्टराईले भने ।










प्रतिक्रिया दिनुहोस्