Banner News

सुन काण्डमा माओवादीकै नेता दोषी देखिए पनि छाडिन्न : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, २३ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् अवरोध वा विघटनका लागि नभएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसद् वादविवाद संवाद गरी जनताका आवाज मुखरित गर्दै जनताका समस्या समाधान गर्दै राष्ट्रलाई निकास दिने थलोको रुपमा रहेको बताए । 

गृहमन्त्री श्रेष्ठले संसदमा सांसदहरुले प्रश्न सोध्ने र आफूले जवाफ दिने अवसर दिएकोमा प्रमुख प्रतिपक्ष दललाई धन्यवाद दिए । उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । गृहमन्त्री श्रेष्ठले नेपालको राजनीतिक परिवर्तन राजनीतिक क्षेत्रको उपलब्धिका लागि मात्र नभई जनतालाई आफ्नो जीवन परिवर्तनको अनुभूति दिने हुनुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ । त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस् ।’

सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने बताएका छन् । उनले अनुसन्धfन भइरहको र दोषी देखिए माओवादी वा जुनसुकै दललाई पनि नछाड्ने अठोट गरे । “को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानुलनाई लागु गर्न दिन्छौँ,” श्रेष्ठले भने, “अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन । कोही उम्कन पाउँदैन । दृढतापूर्वक भन्न चाहान्छु ।” 

उनले प्रश्न उठाउने एमाले सांसदहरूले सीआईबीलाई विश्वास नगरेको भन्दै पहिला सरकार चलाउँदा पनि यस्तै हुन्थ्यो भन्दै प्रश्न गरे । “भेपको फाइलन त गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो । मेरो एकदम अनन्य मित्रले भन्नुभयो । पहिला पहिला सरकार चलाउँदा त्यसो गिरिन्थ्यो र भन्या । सीआईबीले गरेको अनुसन्धान पहिला मेरो टेबलमा ल्याइज अनि अनुसन्धान गर भन्ने चलन थियो र भन्या ?,” उनले भने ।