अर्थ

सिम्रिक एयरको सबै उडानमा रोक



काठमाडौ २५साउन । वित्तीय अवस्था राम्रो नभएको भन्दै सिम्रिक एयरको सबै उडानमा रोक लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले सिम्रिकले आजदेखि नै लागू हुने गरी सबै उडान रोकेको हो ।

क्यानको सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिम्रिक एयरको सबै उडानमा रोक लगाएको बताए ।

उनले नेपालप्रेसँग भने, ‘महानिर्देशकले आफ्नो अधिकार प्रयोग गरेर सिम्रिक एयरको सबै उडानमा रोक लगाउनु भएको हो । सिम्रिक एयरको वित्तिय अवस्था खराब रहेको देखिन्छ । भने, क्यानलाई पनि ४६ लाख सेवा शुल्क तिर्न बाँकी छ ।’
सिम्रिकले ५ वटा हेलिकप्टरमार्फत सेवा दिरहेको थियो । भने, सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । थापाको सिम्रिक एयरले क्यानको बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो ।