समाचार

१० हजार घुससहित अमिन पक्राउ



काठमाडौँ, ६ भदौ । नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो । 

जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १० हजार घुस÷रिसवत मागेका थिए । यादवमाथि  थप छानबिन भइरहेको आयोगले जनाएको छ ।