राजनीति

कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दावी



काठमाण्डौ,८ भदौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेकै सरकार बन्ने दाबी गरेका छन् ।

आज विराटनगर पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका हुन् । सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे ।

सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ । अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,उनले भने । अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्वव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए । संविधान मिचेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ उनले भने, ुकांग्रेसको बलजफ्ती एकछिनका लागि हो । सधैँ चल्दैन ।
उनले हतियार नै उठाएर हिँडेको माओवादी केन्द्रले नमाने पनि कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मान्नुपर्ने बताए ।