भक्तपुर, १८ भदौ । नेप्सेम्याक र सूर्यविनायक नगरपालिकाको संयुक्त सहकार्यमा ११ सय परिवारलाई कम्पोष्ट मल वितरण गरिएको छ ।
सफा सहर, सभ्य नागरिक र स्वस्थ्य समाज भन्ने मुल नाराका साथ आज नगरपालिका कार्यालयमा आयोजित फोहोरमैला वर्गिकरण तथा कम्पोष्ट मल वितरण कार्यक्रम गरी नगरपालिकाको वडा नं. ५ अन्तरगतका १५ टोलसुधार समितिका ११ सय परिवारलाई सांकेतिक रुपमा कम्पोष्ट मल वितरण गरिएको हो । बाँकी सम्पूर्ण परिवारलाई कार्डको माध्यमबाट नेप्सेम्याकको अफिसबाट नै मल वितरण गरिने शाखा प्रवन्धक बाबुराम चौलागाईले जानकारी दिनुभयो । १५ टोल सुरधार समितिमा ११ घरपरिवार अन्तरगत करिव दुई हजार किचनमा फोहोर वर्गिकरण भइरहेको नेप्सेम्याकका सञ्चालक तथा कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । फोहोर वर्गिकरण गरि वातावरण संरक्षण गर्नुमात्र नभई मानिसको बाच्ने अधिकारलाई समेत सुक्षित गर्ने उल्लेख गर्दै सञ्चालक आचार्यले घरघरबाट नै फोहोर वर्गिकरण गरे नेप्सेम्याकले छुटको व्यवस्था गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाको उपप्रमुख सरिता भट्टराईले दिगो विकास, स्वच्छ वातावरण तथा दिर्घकालिन फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर व्यवस्थापनको दिर्घकालिन समस्या समाधान गर्न लागि नगरपालिकाको साथ साथै सम्बन्धीत सरोकारवाला संस्था तथा जनता एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘फोहोरको दिर्घकालिन समाधान गर्नको लागि व्यक्ति–व्यक्तिको सोच नै परिवर्तन गर्नुपर्छ । सचेतनाको विकास गर्नुपर्छ । फोहोर व्यवस्थापन र वर्गिकरण गर्ने नेप्सेम्याक तथा फुलवारी जस्ता संस्थाहरुको अवस्था दर्दनाक रहेको छ । त्यसैले फोहोर वर्गिकरणको साथ साथै रिसाईकल गर्ने कार्यलाई समेत हामीले ध्यान दिन जरुरी रहेको छ ।’










प्रतिक्रिया दिनुहोस्