काठमाडौँ, २६ भदौ । एमाले अध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ ।
नेम्वाङले वि. सं. २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आयोगले विज्ञप्तिमार्फत स्मरण गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, लोकतन्त्र र मानव अधिकारप्रति सदैव प्रतिबद्ध रही राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, ऐन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका नेम्वाङ सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयप्रति सदैव चिन्तित हुनुहुन्थ्यो । नेम्वाङले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र यस आयोगको संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ’, ।
प्रतिक्रिया दिनुहोस्