Banner News

सीबीडीसीलाई चरणबद्ध रूपमा सुरु गरिनेछ : गभर्नर अधिकारी



काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)लाई चरणबद्धरुपमा सुरु गरिने बताएका छन् ।

आज ग्लोबल फिनटेक फेस्टलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सीबीडीसीलाई अघि बढाउने बताएका हुन् । गभर्नर अधिकारीले सरकारको प्राथमिकतामा डिजिटल अर्थतन्त्रलाई राखेको समेत बताए । सोही योजनाअनुसार केन्द्रीय बैंकले आफ्नो डिजिटल नेपाल लक्ष्य तयार गरेको उनको भनाई छ ।