बाँके, २७ भदौ । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सुरक्षा गुल्म, जमुनाहाका अनुसार युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई पक्राउ गरेको हो ।
भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्