मनोरञ्जन

‘हनी बनी’ माघ २६ मा रिलिज हुने



काठमाडौँ, ८ असोज । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फष्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक अवतारमा देखिएका छन् ।

भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतको समेत अभिनय छ ।