काठमाडौ,१० असोज । नेकपा एमालेको काठमाडौंमा जारी प्रथम अधिवेशनको अध्यक्षको लागि गरिएको सहमति प्रयास असफल भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटन नसकेको हो ।
अध्यक्ष मण्डलका अध्यक्षले सहमतिको लागि उम्मेदवारहरुसँग गरेको छलफलले मुर्त रुप लिन नसकेपछि निर्वाचन हुने करिव निश्चित बनेको हो ।
बैठकमा रहेका अध्यक्षको चर्चा गरिएका दुबै केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले एकजना मात्र केन्द्रीय सदस्यलाई फिर्ता गराएर सहमति हुन नसक्ने अडान लिएका थिए । यस अघि लुम्बिनीमा भएको अधिवेशनमा केन्द्रीय सदस्य नै उम्मेदवार बनेपछि बागमतिमा केन्दीय सदस्यलाई ब्याक गराउने प्रयास असफल भएको हो ।
बैठकमा उपस्थित भएका दुबै केन्द्रीय सदस्य निर्वाचनमा लडे एक आपसमा लड्ने र छाडे एकैसाथ छाड्ने अडानमा बसेपछि अध्यक्ष मण्डलले गरेको सहमति प्रयास विफल भएको हो ।
हाल जिल्ला तहमा सदस्यहरुको सहमति प्रयास जारी छ ।










प्रतिक्रिया दिनुहोस्