काठमाण्डौ,१२ असोज । नेकपा एमालेको बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान साढे १ बजेबाट मात्रै सुरु भएको हो । सुरुमा अध्यक्षका उम्मेदवारद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले मतदान गरेका छन् ।
ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतले समर्थन गरेको बताइन्छ । तर, विराटनगर पुगेर अध्यक्ष ओलीले आफू कसैको पक्षमा नरहेको दाबी गरेका छन् ।
त्यस्तै, अर्का उम्मेदवार कृष्ण दाहालको पक्षमा उपाध्यक्ष विष्णु पौडेल र पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाको समर्थन छ । प्रदेश कमिटीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाको उम्मेदवारी छ । सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन् ।
दुई उपसचिवका लागि टासी लामा, खड्गबहादुर पुलामी, ओमराज पन्त, कृष्णहरि थापा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल चुनावी मैदानमा छन् ।










प्रतिक्रिया दिनुहोस्