काठमाडौँ, १३ असोज । डेंगु सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।
लामखुट्टेकाे टोकाइबाट सर्ने डेंगु रोग यस वर्ष पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, पालिकामा पनि डेंगु नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाडौँका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ ।
प्रतिक्रिया दिनुहोस्