काठमाडौँ, १४ असोज । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् ।
विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको ‘मिसेस युनिभर्स २०२३’ मा सहभागिता जनाउन उनी आज लन्डनबाट बहराइन हुँदै फिलिपिन्स प्रस्थान गरेकी हुन् । उनलाई लन्डन फेसन हाउसकी डाइरेक्टर डंगोललगायत सम्पूर्ण टिमले बधाई दिँदै विमानस्थलमा बिदाइ गरेका थिए । लन्डन फेसन हाउसले गत साता गरेको ‘कोरोनेसन नाइट’ मा उनलाई टुडेज वुमेनकी प्रेसिडेन्ट मनीषा डङ्गोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस् नेपाल युनिभर्स २०२३ को ताज लगाइदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्