विराटनगर, १४ असोज । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको हो । कोसी एमालेमा अध्यक्षसहित पाँच पदाधिकारी चयन गर्न निर्वाचनमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् । अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्