समाचार

गौशालामा गोली चल्यो



काठमाडौँ, १५ असोज । काठमाडौँको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । 

प्रहरी स्रोतका अनुसार आज गौशालामा एक जनामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन् । प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।