समाचार

एसियाली क्रिकेटको क्वाटरफाइनलः नेपालले भारतसँग खेल्ने



काठमाडौ १५ असोज । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ ।

यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।