मनोरञ्जन

‘बहादुर–द ब्रेभ’ फिल्मले जित्यो अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौँ, १५ असोज । ‘बहादुर–द ब्रेभ’ फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ । उक्त फिल्म नेपाली प्रवासी मजदुरमा आधारित छ । कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको मुख्य विषयवस्तु हो । फिल्मलाई भारतका रोहतकमा बस्ने केही युवाले बनाएका हुन् । 

सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७१ औँ संस्करणमा यस फिल्मले ‘कुट्छाबैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा आयोजना गरिएको हो । कार्यक्रम शनिवार सम्पन्न भयो ।