काठमाडौँ, १८ असोज । बलिउड अभिनेता रणवीर कपुरमाथि महादेव गेमिङ एपको प्रवर्द्धन गरेको आरोप लागेको छ ।
यस विषयमा आवश्यक सोधपुछका लागि भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार उपस्थित हुन पत्र पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रणवीरले उक्त गेमिङ एपको प्रचार गरेको र जसबाट उनलाई प्राप्त भएको पारिश्रमिक अपराधको कमाइ भएको निर्देशनालयको दाबी छ । पछिल्लो समय पाँच हजार करोड भारु मनी लाउन्ड्रिङ मुद्दामा दुबईबाट अनलाइन सट्टेबाजी एप चलाउने सौरभ चन्द्राकर र उनका व्यापारिक साझेदार रवि उप्पलविरुद्ध अनुसन्धान चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्