काठमाडौँ, १९ असोज । अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेंगु सङ्क्रमण पुष्टि भएकाे छ ।
यो अवधिमा डेंगु भएर ३० जनाको मृत्यु भएको छ । अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको महाशाखाले जनाएको छ । आउँदो कात्तिक महिनासम्म नै डेंगुको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु सङ्क्रमणबाट जोगिनु एकमात्र उपाय हो ।
प्रतिक्रिया दिनुहोस्