काठमाडौँ, २२ असोज । नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् ।
उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् । ‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको सेडोट सहरमा गराएको विस्फोट र आक्रमणमा त्यहाँ रहेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका विद्यार्थी पनि परेका हुन् । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ जना विद्यार्थीलाई त्यहाँको सेडोट नेगेभ कलेजले विभिन्न ६ वटा कृषि फार्ममा काममा लगाएको थियो ।
उनीहरूमध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आक्रमणमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्