काठमाडौँ, २२ असोज । सोसाइटी अफ इलेक्ट्रोनिकस एण्ड कम्युनिकेशन ईन्जिनियर्स नेपाल (सेसेन)को सर्वसम्मत रुपमा ११औं नयाँ कार्यकारी समिति चयन गरिएको छ ।
सेसेनको एक विशेष कार्यक्रम आयोजना गरी ई. राजेश जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. मनेसलाल चुके, महासचिवमा डा. ई. शालिग्राम पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासचिव पराजुली हाल नेपाल टेलिकम केन्द्रीय कार्यालय, प्रमुख सञ्चालन अधिकृतको कार्यालय अन्तर्गत नेटवर्क तथा प्रदेश समन्वय विभाग प्रमुखको रुपमा कार्यरत प्रबन्धक हुनुहुन्छ । समाजका अध्यक्ष TTRC का निर्देशक ई जोशीसहितको जुझारु टिमको यस कार्यकालमा समाजले गुणस्तरीय कार्यक्रम र संगठन बिस्तार लगायतका कामहरुमा फड्को मार्ने विश्वास गरिएको छ ।
त्यस्तै उपमहासचिवमा डा. ई. सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा ई. कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा ई. विनममान श्रेष्ठ, ई. सुमन रञ्जितकार, ई. सञ्जिाव सिंह कठायत, ई. सुरेन्द्रमान श्रेष्ठ, ई. सरोजमान सिंह प्रधान र ई. उदयकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्