समाचार

पछिल्लो २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि



काठमाडौँ, २२ असोज । नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् । 

आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।