Banner News

इजरायलमा मृत्यु भएका १० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा



काठमाडौँ, २२ असोज । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । यस्तै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने पनि बैठकले गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।