काठमाडौँ, २४ असोज । नेपालमा यसवर्ष डेंगु संक्रमितको संख्या ३८ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् ।
डेंगुबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६५५ तथा मधेसमा ५९० जना संक्रमित भएका छन् ।
सबैभन्दा कम कर्णाली प्रदेशका १२८ जना संक्रमित भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्