काठमाण्डौ,३० असोज । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दास्रो महिना ९भदौ० मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्ष २०७९र८० को तुलनामा २२।१ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको दोस्रो महिना एक खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो दुई महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने घटेको छ।
गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या एक लाख ३ हजार रहेकोमा यसपटक ७४ हजार ४ सय ५५ पुगेको छ।
त्यस्तै, पुनः श्रम स्वीकृतिमा जानेको संख्या भने १८।३ प्रतिशतले घटेर ३२ हजार ४ मा सीमित भएको छ।
गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।
रेमिटेन्स रकममा वृद्धि भएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति ९डलरमा० ३१ महिना यताकै उच्च भएको छ। नेपाली मुद्रा आधारमा भने यो हालसम्मकै उच्च हो।
विदेशी मुद्राको सञ्चिति १५ खर्ब ९८ अर्ब रूपैयाँ ९१२ अर्ब १ करोड डलर० पुगेको छ। यस्तो सञ्चितिले अहिलेकै दरमा आयात भएमा १० महिना नौ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।
रेमिटेन्समा उच्च वृद्धि भएसँगै मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रिने रकम ९भुक्तानी सन्तुलन० पनि बढ्दै गएको छ। मुलुकको भुक्तानी सन्तुलन ५३ अर्ब ६० करोड रूपैयाँले धनात्मक छ।
अघिल्लो आर्थिक वर्ष २०७९र८० को सुरूदेखि नै ऋणात्मक देखिएको भुक्तानी सन्तुलनमा गत आर्थिक वर्षको तेस्रो महिना असोज देखि सुधार देखिन थालेको हो।










प्रतिक्रिया दिनुहोस्