काठमाडौँ, १४ कार्तिक । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।
प्रतिक्रिया दिनुहोस्