काठमाडौँ, १४ कार्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्