Banner News

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ, १८ कार्तिक । जाजरकोटलाई केन्द्र विन्दु बनाएर भूकम्प गएर जनधनको क्षति पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दिए । उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्नेछ ।