Banner News

रास्वपाको महाधिवेशनको प्रक्रिया वडा अधिवेशनबाट शूरु गरिने



काठमाण्डौ २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बिहीबार ९मंसिर २८० गतेदेखि महाधिवेशन प्रक्रिया सुरू गर्ने भएको छ।वडा तहबाट अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया थाल्न लागेको एक केन्द्रीय सदस्यले जानकारी गराएउनका अनुसार मंसिर २८ गते सातै प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिसमेत तोकेको उनले बताए।कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरु जानेछन्। उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुनेछन्।सहमहामन्त्री सुमना श्रेष्ठ मधेस जानेछिन्। उनी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछिन्।

महामन्त्री मुकुल ढकाल बागमती प्रदेशमा खटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–११ को वडा अधिवेशनमा उनी सहभागी हुनेछन्।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेश अन्तर्गत् कास्की जिल्ला जानेछन्। उनी पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन्।

कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन्।

संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन्।सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन्।
हामीले वडा तहबाट अधिवेशन थाल्छौं, लगत्तै पालिका, जिल्ला र प्रदेश तहका कमिटीको अधिवेशन गरेर केन्द्रमा महाधिवेशन गर्छौं। वडा तहका कमिटीको अधिवेशन महाधिवेशनको प्रक्रियाअन्तर्गत नै हो।’
रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो।
रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ।
वडा समिति समावेशी चरित्रको हुन्छ। मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि रास्वपाले जानकारी दिएको छ।
पहिलो चरणको वडा अधिवेशन खुला मतदानद्वारा हुने रास्वपाले बताएको छ। रास्वपाले केन्द्रीय महाधिवेशन मिति भने तोकिसकेको छैन।